नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडाैं | फागुन १५, २०७९

नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौं:  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो ।

 

आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह सात दशमलव २७, व्यापार समूह १२ दशमलव ६५ र अन्य समूह ११ दशमलव ८० अङ्कले बढेको छ ।

 

त्यस्तै, लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९ दशमलव ३८ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक समूह १३ दशमलव ०८, वित्त समूह २८ दशमलव ४७ र जलविद्युत् समूह सात दशमलव ४१ अङ्कले घटेको छ । लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः शून्य दशमलव ३४, आठ दशमलव ९६ र २३ दशमलव ३७ अङ्कको गिरावट देखिएको पनि नेप्सले जनाएको छ ।

 

आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू छ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्